‘फाइजरको कोरोनाविरुद्धको चक्की ९० प्रतिशत प्रभावकारी’

काठमाडौं, २९ मंसिर। अमेरिकी कम्पनी फाइजरले विकास गरेको कोरोनाविरुद्धको एन्टिभाइरल औषधि अस्पताल संक्रमितलाई अस्पताल भर्ना हुन र मृत्युबाट बचाउन ९० प्रतिशत प्रभावकारी देखिएको छ। कम्पनीले मंगलबार हालै गरिएको अध्ययनमा यो औषधि ओमिक्रोन भेरियन्टविरुद्ध पनि प्रभावकारी देखिएको बताएको छ।

गत महिना फाइजरले मुखबाट लिइने यो औषधि अस्पताल भर्ना हुने र मृत्यु हुनेबाट बचाउन ८९ प्रतिशत प्रभावकारी देखिएको बताएको थियो। करिब १२ सय मानिसमा गरिएको आन्तरिक अध्ययनको क्रममा पाइएको नतिजापछि थप एक हजार मानिसमा परीक्षण गरेर मंगलबार अन्तिम नतिजा सार्वजनिक गरिएको हो।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार परीक्षणको क्रममा फाइजरको औषधि प्रयोग गर्ने कसैको पनि मृत्यु भएको थिएन। यद्यपि परीक्षणमा औषधि नदिइएका १२ जना मानिसको मृत्यु भएको थियो। फाइजरको यो औषधिलाई नियामकले अनुमति दिएको अवस्थामा कोरोनाको लक्षण देखिएपछि १२ घण्टाको फरकमा लगातार पाँच दिनसम्म खानुपर्छ। यो औषधिले आगामी दिनमा विश्वभर कोरोना संक्रमण नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने कम्पनीका शीर्ष अधिकारीले बताएका छन्। फाइजरले यो औषधिको परीक्षणमा निकै उत्साहप्रद नतिजा देखिएको बताएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति