काठमाडौँ, २९ मंसिर,। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटन गर्न लागेको खुलासा गरेका छन । बुधबार बिहानै सामाजिक सञ्जाल मार्फत पौडेलले संसद विघटनको संकेत गर्दै त्यसतर्फ सचेत रहन अपिल गरेका छन ।
यस्तो छ पौडेलको अपिल
६ महिनाको समयमा दुईदुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले ओलीले महिनौ दिनदेखि संसद अवरोध गरेर विघटन सहि थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास गर्दैछन् ।
संसद चलाउछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्यो भने ओलीको नियतीका सामु सर्मपर्ण गरेको ठर्हनेछ ।
राष्ट्रलाई अनिश्चितता तर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलाप तर्फ सचेत रहन आम नागरिकको ध्यानाकर्षण गर्दछु । देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र हो यो । समावेशी संसदीय प्रणालीनै सिद्द्याउन खोजिएको देखिन्छ ।
रामचन्द्र पौडेल
२८ मंसिर २०७८

प्रतिक्रिया