काठमाडौं, २९ मंसिर। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिएका छन् । नेपाल र भट्टराईले बिहान ट्विटमार्फत शुभकामना दिँदै बधाई र शुभकामना दिएका हुन ।

अध्यक्ष नेपालले ट्विट गर्दै लेखेका छ्न , ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’ यस्तै जसपाका नेता भट्टराईले लेखेका छन्, ‘नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पार्टी सभापतिमा पुनस् निर्वाचित हुनुभएकोमा प्रम देउवालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । उहाँको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत होस्, प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन्, अग्र गमनकारी शक्तिबीच एकता होस्, थप शुभेच्छा ।’

प्रतिक्रिया