आज एमालेका ४४ केन्द्रीय सदस्यहरूको शपथग्रहण

काठमाडौं, २९ मंसिर । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण आज हुँदै छ । बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहणको कार्यक्रम राखिएको हो ।पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउने र त्यसपछि सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनीत गरिएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति