पाँच मिनेटका लागि थपियो मतदानको समय

काठमाडौँ, २८ मंसिर । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत भइरहेको दोस्रो चरणको मतदानको समय पाँच मिनेट थपिएको छ ।सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक मत ल्याउन नसकेपछि आज दिउँसो साढे तीनबजे बाट मतदान भइरहेको छ । ९ बजेसम्मका लागि तोकिएको मतदानको समयमा पाँच मिनेट थप गरिएको छ । मतदान सुरु भएसँगै सभापतिका उम्मेदवार शेरबहादुर देउवा मतदान स्थलमा नै थिए । मतदान सकिन केही मिनेट मात्र बाँकी रहँदा उनी बाहिरिएका हुन् । दोस्रो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति