बागमतीमा तेस्रो पटक मन्त्रिपरिषद् बिस्तारः पाँचमन्त्री र एकराज्यमन्त्रीले लिए सपथ

काठमाडौँ, २८ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री र राज्यमन्त्री नियुक्त गरिएको हो ।

मुख्यमन्त्री पाण्डेले आज (मंगलबार) तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । माओवादीका घनश्याम दाहाल श्रम रोजगार तथा यातायात, विशाल खड्का वन तथा वातावरण र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् ।

एकीकृत समाजवादीका बसन्तकुमार मानन्धर खानेपानी, उर्जा तथा सिंचाई, बसुन्धरा हुमागाईं कृषि तथा पशुपन्छीमन्त्री र इन्द्रमाया गुरुङ कृषि तथा पशुपन्छी राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

पाण्डेले मन्त्री र राज्यमन्त्री नियुक्त गरेसँगै मंगलबारनै प्रदेश प्रमुख यादवचन्द्र शर्माले एक कार्यक्रमकाबीच सपथ ग्रहण गराएका छन् । राज्यमन्त्री गुरुङलाई मुख्यमन्त्री पाण्डेले सपथ गराएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति