काठमाडौं, २८ मंसिर । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्बाट पारित नगर्न खबरदारी गर्दै संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको छ ।नयाँ बानेश्वरको पानी ट्यांकीनजिकै सडकमा प्रदर्शन गरेका उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले एमसीसीविरुद्ब नाराबाजी गरेका छन् ।मंगलबारदेखि संसद अधिवेशन बोलाइएको छ र यसको एउटा मुख्य एजेण्डा एमसीसी भएको दलहरुले बताएका छन् ।
एमसीसी विरुद्धमा प्रदर्शन गर्नेमाथि लाठीचार्ज
प्रतिक्रिया