एमालेले संसद अवरोधलाई निरन्तरता दिने

काठमाडौं, २८ मंसिर। प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोधलाई निरन्तरता दिने भएको छ । संसदको हिउँदे अधिवेशनको बैठक सुरू हुनुअघि बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले संसदमा विरोध प्रदर्शन जारी राख्ने बताएका हुन् ।सांसद निरु पालले विरोध र अवरोध कायम राख्ने जानकारी अध्यक्षले जानकारी गराएको बताइन् । ‘सभामुखले षड्यन्त्र गर्दै जाने, हामी मान्दै जाने हुँदैन,’ ओलीको भनाइ उद्धृत गर्दै पालले भनिन्, ‘सरकार संसदमा आएको गतिरोधका विषयमा कुरा गर्दैन । प्रतिपक्ष लतारिएर जाँदैन ।’नयाँ दल एकीकृत समाजवादी अवैध भएको र त्यसमा सभामुख अग्नि सापकोटाले सघाएको भन्दै एमालेले संसद निरन्तर अवरोध गर्दै आइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति