हृदयेश त्रिपाठीले घोषणा गरे ‘जनता प्रगतिशील पार्टी नेपाल’

काठमाडौं, २८ मंसिर। हृदयेश त्रिपाठीले नयाँ पार्टीको घोषणा गरेका छन् । मधेशवादी दल हुँदै पछिल्लो निर्वाचनमा सूर्य चिन्हबाट प्रतिनिधिसभामा निर्वाचित भएका त्रिपाठीले मंगलबार नयाँ पार्टी ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गरेका हुन् । टीकापुर घटनामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइको माग गर्दै उनको पक्षमा उभिएर त्रिपाठीले याँ पार्टीको घोषणा गरेका हुन् ।

पार्टी घोषणा सभामा पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वअर्थसचिव रामेश्वर खनाल, विश्लेषक तुलानारायण साहलगायत सहभागी थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति