समर्थन खोज्दै निधि निवास पुगे देउवा : सहयोग गर्ने निधिको निधो


काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पहिलो चरणमा सभापतिमा नजितेपछि दोस्रो चरणमा आफूलाई समर्थन गर्न भन्दै पहिलो चरणको सभापतिका प्रतिस्पर्धीलाई भेट्न घरघर पुगेका छन् । उनले मंगलबार बिहान प्रकाशमान सिंहलाई चाक्सीबारी पुगेर दोस्रो चरणमा आफूलाई समर्थन गर्न भनेका थिए भने बिहान साढे ११ बजे विमलेन्द्र निधि निवास वानेश्वरमा पुगेर समर्थन मागेका छन् ।सिंहले देउवालाई नै समर्थन गर्ने जनाइसकेका छन् ।

सभापतिका अर्का प्रतिस्पर्धी शेखर कोइरालाले पनि निधिलाई फोन गरेर आफूलाई समर्थन गर्न आग्रह गरिसकेका छन् ।१४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा देउवा, कोइराला र सिंहसहित विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए ।

पहिलो चरणमा देउवाले २२५८ मत पाएका छन् । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् ।अब दोस्रो चरणमा सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । दुवै नेताले आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास थालेका हुन् । दुवैले आफूनिकटलाई मतदातालाई रिझाउन र नेताहरूलाई फकाउन परिचालन गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति