काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका सभापतिका प्रत्यासी शेखर कोइरालाले दोस्रो चरणमा स्वस्थ प्रतिस्पर्धा गरेर चुनाव जित्ने दाबी गरेका छन् ।मंगलबार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापान समारोहमा सम्बोधन गर्दै नेता कोइरालाले दोस्रो चरणको निर्वाचन जित्ने दाबी गरेका हुन् ।‘दोस्रो चरणको चुनावमा हुने भएको छ । यो आन्तरिक लोकतन्त्र हो’ उनले भने, ‘उहाँहरू (देउवा र पौडेल) हाम्रो सम्मानित नेता हो । दोस्रो चरणमा स्वस्थ प्रतिस्पर्धा गर्छौं।’कोइरालाले महाधिवेशन प्रतिनिधिहरूलाई अन्तरआत्माको आवाज सुनेर मतदान गर्न आग्रह गरे ।
सभापतिका प्रत्यासी कोइरालाले भने– दोस्रो चरणमा हामीस्वस्थ प्रतिस्पर्धा गर्छौ
प्रतिक्रिया