अब सहयोग कता ? प्रकाशमान सिंह र विमलेन्द्र निधि छलफल गर्दै

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति छान्न दोस्रो चरणमा मतदान हुने भएको छ। दोस्रो चरणमा चुनाव जित्नका लागि पहिलो चरणमा धेरै मत ल्याउने उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाले तेस्रो र चौथो मत ल्याउने प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग मिल्नु पर्ने हुन्छ। पहिलो चरणमा चौथो बढी मत पाएका निधिले कसलाई सहयोग गर्ने भन्नेबार सिंहसँग छलफल गरेपछि निर्णय गर्ने बताएका छन्। उनको सचिवालयका अनुसार सिंह र निधिबीच टेलिफोनमा कुराकानी भइसकेको छ। केहीबेरमा उनीहरूले भेटेर यसबारेमा छलफल गर्ने जनाइएको छ। सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवाले सिंहसँग सहकार्यको प्रस्ताव गरिसकेका छन्। नेता बालकृष्ण खाणले सिंहलाई उनको निवास चाक्सीबारीमा भेटेका छन्। सिंहले भने आफ्नो समूहमा छलफल गरेर निर्णय गर्ने बताएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति