काठमाडौँ, २८ मंसिर । अहिलेसम्म ३९७७ मत गनिसक्दा देउवाले १९०० मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १४६७ र प्रकाशमान सिंहले २९६ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले २३० मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने २० मत मात्र प्राप्त भएको छ ।
अहिलेसम्म ३७३९ मत गनिसक्दा देउवाले १७९८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १४१३ र प्रकाशमान सिंहले २८६ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले २०१ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १९ मत मात्र प्राप्त भएको छ ।
काँग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाको अग्रता कायम रहेको हो ।
अहिलेसम्म ३२८२ मत गनिसक्दा देउवाले १५५६ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ११९७ र प्रकाशमान सिंहले २५७ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले २०१ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १७ मत मात्र प्राप्त भएको छ ।
सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । निर्वाचनमा सभापति पदको प्रतिस्पर्धामा देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् ।
प्रतिक्रिया