११०० मत गणना हुँदा देउवा र शेखरको मत अन्तर १०३ मात्र

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले सुरुवाति अग्रता लिएका छन् । तर उनलाई अर्का उम्मेदवार शेखर कोइरालाले पछ्याइरहेका छन् ।राष्टिय सभागहृमा प्रदेश २ बाट मतगणना सुरु भएको थियो । हालसम्म ११०० मतको गणाना भएको छ, जसमा देउवाले ५२२ मत पाएका छन् भने डा. शेखर कोइरालाले ४१९ मत पाएका छन् ।प्रकाशमान सिंहले १०५, विमलेन्द्र निधिले १०५ र कल्यण गुरूङले ४ मत पाएका छन् ।कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति