कांग्रेसको १४ औँ महाधिवेशन : मतदानको समय ९ बजेसम्म थपियो

काठमाडौं, २७ मंसिर ।  कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि जारी मतदानको समय थपिएको छ । केन्द्रीय निर्वाचन समितिले यसअघि साँझ ५ बजेसम्म मतदान गर्ने समय निर्धारण गरेकोमा मतदानमा ढिला भएपछि समितिले राति ९ बजेसम्मको समय थप गरेको हो ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सोमबार राति ९ बजेसम्म मतदान गर्ने समय थप गरिएको जानकारी दिए । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान भइरहेको छ ।

विहान ८ बजेबाट मतदान हुने भनिएको भए पनि मतपत्र छपाईमा ढिला भएका कारण करिब साढे ११ बजेबाटमात्रै मतदान सुरू भएको थियो ।

कांग्रेसको सभापतिकालागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् । यो महाधिवेशनले १३ पदाधिकारीसहित १३४ पदमा नयाँ नेतृत्व चयन गर्नेछ । निर्वाचनमा ४ हजार ७ सय ४३ जना प्रतिनिधि सहभागी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति