अध्यक्षमा पराजित भएका थापाले पठाए लिङ्देनलाई चार बुँदे पत्र

काठमाडौं, २७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको हालै सम्पन्न महाधिवेशनमा अध्यक्षमा पराजित भएका निवर्तमान अध्यक्ष कमल थापाले नवनिर्वाचित पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई चार बुँदे पत्र पठाएका छन्।पत्रको सुरूमा लिङ्देनलाई बधाई दिँदै थापाले महाधिवेशनका क्रममा भएको पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका छन्।
राप्रपा महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप थियो भन्नेबारे आफूसँग यथेष्ट प्रमाणहरू भएको दाबी गर्दै थापाले यसलाई हारेपछिको आक्रोशका रूपमा मात्र नबुझ्न भनेका छन्।उनले निर्मल निवासको हस्तक्षेपको विषयको निराकरण नभएसम्म पार्टीले गति लिन नसक्ने पनि बताएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति