सेयर बजारमा १०० अंकको पहिरो

काठमाडौं, २७ मंसिर।  साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक सय अंकको गिरावट आएको छ । दिउँसो साढे १ सम्ममा बजारमा एक सय अंकको गिरावट आएको हो । ४.२० प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २२ सय ६६ अंकमा आइपुगेको छ ।

यसक्रममा अहिलेसम्म २ अर्ब ४० करोड रुपैयाँ बराबरको ५८ लाख कित्ता सेयर किनबेच भएको छ । आज कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ । यसअघि, नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शनिबार पार्टीको प्रदेश सम्मेलनमा सम्बोधन गर्दै पूँजी बजारलाई साम्राज्यवादको संज्ञा दिएका थिए । तरलता अभावका कारणले ओरालो गतिमा रहेको बजार प्रचण्डको सम्बोधन आएपछि झनै ओरालो लागेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति