प्रधानमन्त्री देउवा आइपुगे मतदान गर्न

काठमाडौं, २७ मंसिर । । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । साढे तीन घन्टा ढिलो गरी सुरु भएको मतदानमा आफ्नो मत हाल्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशनस्थल आइपुगेका छन् ।

केही समयअघि उनी बालुवाटारबाट राष्ट्रिय सभा गृह आइपुगेका हुन् । सुदूरपश्चिम प्रदेशको मतदान केन्द्रको बुथ राष्ट्रिय सभामा भएकाले देउवाले त्यहीँबाट मतदान गर्ने भएका छन् । देउवा सभापतिका प्रत्यासीसमेत हुन् । नेता कुलबहादुर गुरुङले पहिलो मतदान गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति