देउवाको नयाँ निर्वाचन लिस्ट सार्वजनिक (नामावलीसहित)

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार बिहानबाट मतदान सुरु हुँदैछ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ । आन्तरिक चुनावका लागि नेताहरू विभिन्न समूह बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

वर्तमान सभापति शेरबहादुर देउवाको समूहको लिस्ट सार्वजनिक भएको छ । जसमा सभापतिमा देउवा उपसभापतिमा विजय कुमार गच्छदार, पूर्ण बहादुर खड्का महामन्त्रीमा डा. प्रकाश सरण महत, प्रदीप पौडेल रहेका छन् ।

केन्द्रीय सदस्य खुल्लामा ३५ जनाको कोटामा गोपालमान श्रेष्ठ, बालकृष्ण खाँण, डा। शंशाक कोइराला, गणेश लामा लगायत रहेका छन् । कोइराला संस्थापनइतर भए पनि देउवाले आफ्नो प्यानलको लिस्टमा राखेका छन् । उनको नाम खुल्ला सदस्यको देउवा लिस्टमा दोस्रो नम्बरमा छ । लामा २८ औँ नम्बरमा छन् । कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् । अब १३२ पदका लागि मतदान हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति