काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेस सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले आफ्नो उम्मेदवारी शेरबहादुर देउवालाई प्रधानमन्त्रीबाट हटाउनलाई नभएको बताएका छन् ।महाधिवेशनअन्तर्गत मतदानको पूर्वसन्ध्यामा जनसम्पर्क समितिहरूको भेलालाई सम्बोधन गर्दै कोइरालाले गठबन्धनको सरकारलाई सघाउने बताए ।‘शेरबहादुरजी तपाईंको सरकार ढल्दैन चिन्ता नगर्नुस्’, कोइरालाले भने, ‘सभापतिमा हराउने हो तर प्रधानमन्त्रीबाट हटाउने होइन ।’ आज काठमाडौंमा एक कार्यक्रममा सभापतिका प्रमुख प्रत्यासी एवं प्रधानमन्त्री देउवाले कांग्रेसमा प्रधानमन्त्री र पार्टी सभापति फरक-फरक हुनु नहुने तर्क पेस गरेका छन् ।उनले गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको दृष्टान्तसमेत दिएर पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन भनेर प्रश्न गर्छन् भन्दै आफूलाई जिताउन भनेका थिए ।
सभापतिमा हराउने हो, प्रधानमन्त्रीबाट हटाउने होइन– शेखर कोइराला
प्रतिक्रिया