स्थायी कमिटी र पोलिटव्यूरो गठनप्रतिएमाले उपमहासचिव पृथ्वीसुब्बाको असन्तुष्टि

काठमाडौं, २६ मंसिर । नेकपा एमालेका उपामहासचिव पृथ्वीसुब्बा गुरुङले स्थायी कमिटी र पोलिटव्यूरो गठनप्रति असन्तुष्टि जनाएका छन् । केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नाम प्रस्ताव गरेपछि उनले असन्तुष्टि जनाएका हुन् । मापदण्ड नबनाएको र व्यक्तिगत निर्णय गर्दा २र३ कार्यकाल काम गरेका नेताहरु समेत पोलिटव्यूरोमा छुटेको भन्दै गुरुङले भनेका छन्, हामी कसरी लिडरसिपको विकास गर्छौ भन्ने कुरा मुख्य हो । एउटा मापदण्ड बनाएनौं भने हुने यस्तै हो ।’व्यक्तिगत रुपमा निर्णय लिनु गलत भएको भन्दै उनले सामूहिक निर्णय प्रणालीमा जानुपर्नेमा जोड दिएका छन् । शनिबार शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४४ जनालाई केन्द्रीय कमिटीमा मनोनयनको प्रस्ताव गरेका छन् । त्यस्तै उनले पोलिट्व्यूरो र स्थायी कमिटीमा पनि नेताहरुको नाम प्रस्ताव गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति