एमालेले गठन गर्‍यो ९९ सदस्यीय पोलिटब्युरो

काठमाडौं, २६ मंसिर ।  नेकपा एमालेले ९९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटीको बैठकले पोलिटब्युरो सदस्यहरुको नामलाई अनुमोदन गरेको हो ।

घनश्याम भूसाल, गुरु बराल, देवराज घिमिरे, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणि थापा, शेरधन राई, यमलाल कँडेल, राजन भट्टराई, अग्नि खरेल, प्रभु साह, बिन्दा पाण्डे, गोरख बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ रहेका छन् ।

त्यसैगरी, शिवमाया तुम्बाहाङ्फे, हिक्मत कार्की, गोकुल बाँस्कोटा, महेश बस्नेत, अरुण नेपाल, देवी ज्ञवाली, पर्शुमेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्द पोखरेल, लिला गिरी, जगत विश्वकर्मा, कमल चौलागाई, ईश्वरी रिजाल, जीतु गौतम, बिनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरबहादुर श्रेष्ठ, रामदयाल मण्डल, दलबहादुर राना, गोकुल घर्ती, वैजनाथ चौधरी सदस्य रहेका छन् ।

अन्य पोलिटब्युरो सदस्यमा लिलानाथ श्रेष्ठ, खेममान खड्का, राजेन्द्र रावल, नारदमुनी राना, लिलबहादुर थापा मगर, सुजिता शाक्य, ज्वालाकुमारी साह, मोहन बाँनिया, मञ्जु चौधरी, विशाल भट्टराई, गणेशसिंह ठगुन्ना, खिमलाल भट्टराई, दघिराम न्यौपाने, ठाकुर गैरे, तिलबहादुर मोयाङ्वो रहेको छ ।

त्यसैगरी, गौरी वली, निरु पाल, बिमला घिमिरे, लिलाकुमारी भण्डारी, शान्ता चौधरी, सिता गिरी वली, कृष्ण राई, गुलाबजंग शाह, लक्ष्मी पोखरेल, सूर्य थापा, मनकुमारी जिसी, सुशीला नेपाल, पार्वत गुरुङ, नरुलाल चौधरी, बिन्दा पाण्डे रहेका छन् । यसअघि बैठकले केन्द्रीय सदस्यमा विभिन्न नेताहरुलाई मनोनयन गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति