महाधिवेशन प्रतिनिधिसँगै खाना खाए देउवाले

काकाठमाडौँ, २६ मंसिर । ने प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको महाधिवेशनस्थलमा महाधिवेशन प्रतिनिधिहरूसँगै खाना खाएका छन् ।

महाधिवेशन प्रतिनिधिहरूका लागि भृकुटीमण्डपमा खानाको व्यवस्थापन गरिएको थियो । सभापति पदका उम्मेदवारसमेत रहेका प्रधानमन्त्री देउवाले अन्य प्रतिनिधिहरूसँगै लाइनमै उभिएर खाना खाएका हुन् ।

खाना खानेक्रममा देउवाले प्रतिनिधिहरूसँग भलाकुसारीसमेत गरेका छन् । देउवाले आफू निर्वाचन हारे सरकार पनि ढल्ने भन्दै प्रतिनिधिहरूसँग मत मागेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति