महाधिवेशनबाट तीनथरी मनोविज्ञानको भावनात्मक एकता भयो– एमाले

काठमाडौं, २६ मंसिर। नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टीभित्रका तीनथरी मनोविज्ञानको भावनात्मक एकता कायम गरेको निष्कर्ष निकालेको छ ।

शनिवार शुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिएको समिक्षा प्रतिवेदनमा महाधिवेशनबाट अब एमालेमा फरक गुट र विचार नरहेको उल्लेख छ ।

महाधिवेशनले पार्टीभित्रका विभिन्न मनोविज्ञानहरुलाई संक्षिप्त चित्रण गरेको छ ।नेकपा एकताका क्रममा समावेश भएको माओवादी धार,नेकपा विभाजनका बेला शुरुदेखि नै नेतृत्वको पक्षमा गोलबन्द भएको मूलधार र १० बुँदे सहमतिपछि क्रियाशील मनोविज्ञानलाई भावनात्मक रुपमा एकताबद्ध गर्दै थप सुदृढ बनाएको एमालेले निष्कर्ष निकालेको छ ।त्यस्तै यसपटकबाट एमालेमा विधिसम्मत स्वस्थ प्रतिस्पर्धा र सहमति दुवै प्रक्रिया अपनाइएको उल्लेख छ । महाधिवेशनलाई सहमति र प्रतिस्पर्धा दुवै विधिलाई सहज ढंगले अभ्यास गर्ने थलो बनाइएको एमालेले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति