प्रकाशमान सिंहले गरे सभापतिमा उम्मेदवारी घोषणा


काठमाडौं, २५ मंसिर। नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार सभापतिमा उम्मेदवारी घोषणा गरेपछि उनी आफ्ना समर्थकसहित उम्मेदवारी दर्ता गराउन भृकुटीमण्डपतर्फ गएका छन् ।संस्थापनइतर पक्षको साझा उम्मेदवार आफूलाई बनाउनुपर्ने अडान राखेका उनले साझा उम्मेदवारमा सहमति नजुटेपछि आफ्ना समर्थनको सहयोगमा उम्मेदवारी दर्ता गराउन लागेका हुन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा उनले पार्टीलाई लोकतान्त्रिक र गतिशील पार्टीमा रुपान्तरण गर्नका लागि उम्मेदवारी दिएको बताए ।

विधिसम्मत र नियमसम्मत निर्णयहरु नगर्ने, विभाग गठन समयमा नगर्ने र जित्ने व्यक्तिलाई उम्मेदवार नबनाउने प्रवृत्तिविरुद्ध आफ्नो उम्मेदवारी रहेको पनि नेता सिंहले बताए । उनले कसैको प्रलोभनमा र सत्ताको प्रभावमा परेर मतदान नगर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति