कांग्रेसको १४औँ महाधिवेशन : देउवा नबोल्दै ओली, प्रचण्ड, नेपालसहित अतिथिहरू मञ्चबाट बाहिरिए

काठमाडौ, २४ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना सन्देश दिन आएका अतिथिहरू कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको सम्बोधन नहुँदै बाहिरिएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत अधिकांश अतिथिहरू देउवाको सम्बोधन अघि नै कार्यक्रमबाट बाहिरिएका हुन्। कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिन संसदमा प्रतिनिधित्व गर्ने दलका नेता तथा भारतका विभिन्न राजनीतिज्ञ पुगेका थिए ।

एमाले विभाजनपछि पहिलोपटक ओली, नेपाल र प्रचण्ड सहभागी सो मञ्चबाट उनीहरूसहित जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, माले महासचिव सिपी मैनाली आफ्नो सम्बोधन सकेर बाहिरिएका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति