काठमाडौं, २४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल धेरै अघि बढेको बताउनुभएको छ । नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै अध्यक्ष ओलीले राणा शासन देखि लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेपाल धेरै अघि बढेको बताउनुभएको छ ।
‘नेपाल जहाँ छ त्यही छ अघि बढेन भन्ने कुरा सत्य होइन’ ओलीले भन्नुभयो ‘राणा शासन देखि हालसम्म धेरै परिवर्तन भएका छन् । नेपाल धेरै अघि बढेको छ । ’ एमाले ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूप्रति टिप्पणी गर्दै अभिव्यक्ति दिएपछि त्यसप्रति आपत्ति जनाएका छन् । लिङ्देनले नेताहरूलाई गाउँघरमा ‘चोर आयो भन्न थालिसके’ भन्ने अभिव्यक्ति दिएपछि ओलीले भने– भर्खर भर्खर जन्मेको बाछो हिँड्न जान्दैन,बेसी कुद्छ ।’अध्यक्ष ओलीले अहिले पनि त्यस्ता भ्रमपूर्ण अभिव्यक्ति र सपना नराख्न आग्रह गरे ।
आज पनि नेपालका नागरिकहरूले नागरिक स्वाभिमान बिर्सने, जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त निराधार सिद्धान्त र नागरिक स्वाभिमानविपरीतका सिद्धान्त हुन्,’ ओलीले भने ।
प्रतिक्रिया