प्रतिगामी तत्वहरुलाई भन्न चाहन्छु, फेरि शिर उठाउने दुस्साहस नगर्नुस् – अध्यक्ष नेपाल

काठमाडौं, २४ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन् । बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालले १६ वर्ष पहिले दलहरु लोकतन्त्रको रक्षाका लागि गणतन्त्रबाहेक अरु उपाय छैन भन्ने निष्कर्षमा पुगेको सम्झिए । तर अहिले कालो बादल मडारिन खोजेको भन्दै उनले भने, ‘प्रतिगमी तत्वहरुलाई भन्न चाहन्छु, फेरि शिर उठाउने दुस्साहस नगर्नुस् । अब नदीको प्रवाह अगाडि बढिसकेको छ ।’नेपालमा राजतन्त्रको कुनै भविष्य नभएको भन्दै उनले दुस्साहस नगर्न आग्रह गरे । उनले अघि भने, ‘राम्रो के हुन्छ भने राजाले पार्टी खोले हुन्छ, होइन भने व्यापार गरेर बसे हुन्छ । तर एउटा वंशको शासन हामीलाई स्वीकार छैन ।’राज्य सत्ता र पार्टीभित्र विकृति रहेको नेपालले बताए । विकृतिका बाहकहरुले फैलाइराख्ने र आफूहरु टुलुटुलु हेरर बस्न हुन नसक्ने भन्दै उनले भने, ‘त्यो विकृति शुरु हुन्छ, भ्रष्टाचार, सत्ताको दुरुपयोग गर्ने, मैमत्त गर्ने प्रवृतिबाट । लोकतन्त्रको मुल्य मान्यतालाई कुल्चने प्रवृतिबाट, अरुको सम्मान नगर्ने प्रवृतिबाट । अरुको मर्यादा नगर्ने प्रवृतिबाट ।’साँचो अर्थमा लोकतन्त्र चाहने हो भने लोकतन्त्रका मूल्य र मान्यता आत्मसात गर्नुपर्ने उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति