कांग्रेसको निम्तो मान्न चार भारतीय नेता काठमाडौंमा

काठमाडौं, २३ मंसिर । कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिन भारतबाट चार जना नेताहरू काठमाडौं आइपुगेका छन् । कांग्रेसले विभिन्न देशका राजनीतिक दलहरूलाई निम्त्याए पनि कोभिड–१९ को नयाँ भेरियन्टका कारण धेरै जसो देशबाट प्रतिनिधिहरू नआउने भएका छन् ।

छिमेकी मुलुक भारतबाट दुई राजनीतिक दलका नेताहरू महाधिवेशनमा भाग लिन आएका हुन् ।कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले भारतबाट चार जना नेताहरू कांग्रेसको निम्तो स्वीकार गरेर काठमाडौं आइपुगेको बताएका छन् । उनका अनुसार भारतीय जनता पार्टीका नेता हर्ष बर्धन र तृणमूल कंग्रेस नेता मुकुल रोयसहित ४ जना नेताहरू काठमाडौं आइपुगेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति