कांग्रेस केन्द्रीय समिति बैठक सकियो, के–के भयो निर्णय ?

काठमाडौं, २३ मंसिर । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । बैठकले शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक र आर्थिक प्रतिवेदन पारित गर्ने निर्णय गरेको हो।

पार्टी मुख्यालयमा सानेपामा बिहीबार दिउँसो बसेको कार्यसमितिको अन्तिम बैठकले महाधिवेशनसम्बन्धी प्रतिवेदन पारित गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले सांगठानिक प्रतिवेदन पेस गरेका थिए । त्यसैगरी बैठकले नीति अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पनि पारित गरेको छ।

कोषाध्यक्ष सीतादेवी यादवले पेस गरेको लेखासम्बन्धी प्रतिवेदन पनि बैठकमा पारित भएको छ। यादवले पेस गरेको प्रतिवेदनमा पार्टीमा अहिले १० करोडभन्दा बढी रकम कोषमा बचत रहेको उल्लेख छ।

तर यो बैठकमा पदाधिकारी थप्ने प्रस्ताव भने पेस भएन। यो बैठकमा तीन महामन्त्री पद थप्ने जानकारी पाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिष्कार गरेका थिए। पौडेल पक्षको आपत्तिपछि पदाधिकारी र केन्द्रीय सदस्य थप्ने प्रस्ताव नआएका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति