काँग्रेस महाधिवेशन : कर्णालीबाट ३१६ प्रतिनिधि छानिए

काठमाडौं, २३ मंसिर । कर्णाली प्रदेशबाट नेपाली काँग्रेसको ३१६ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिको प्रारम्भिक सूचीअनुसार रुकुम पश्चिमबाट २७, सल्यानबाट २७, डोल्पाबाट २४, मुगुबाट २७, कालिकोटबाट २७, हुम्लाबाट २६, जाजरकोटबाट २७, दैलेखबाट ५४, सुर्खेतबाट ५२ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।यसैसाता सम्पन्न काँग्रेस कर्णाली प्रदेशको अधिवेशनमा देउवा पक्ष विजयी भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति