विवाद नसुल्झिएको प्रदेश २ बाट ७०५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुँदै

काठमाडौं, २३ मंसिर । प्रदेश २ बाट नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा ७०५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने निश्चित भएको छ ।

यस्तै महोत्तरी क्षेत्र नम्बर ३ तथा सर्लाहीको ४ वटा निर्वाचन क्षेत्रको प्रतिनिधि सूची भने प्राप्त भइनसकेको काँग्रेस निर्वाचन समितिले जनाएको छ । प्रदेश २ मा सुरुदेखि नै विभिन्न जिल्लामा अधिवेशन गर्ने सम्बन्धमा विवाद रहेको थियो भने विवादकै कारण प्रदेश अधिवेशन समेत स्थगित गरिएको थियो ।प्रदेश २ काँग्रेस सभापतिका उम्मेदवार विमलेन्द्र निधिको गृहजिल्ला समेत हो ।

निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिको प्रारम्भिक सूचीअनुसार सप्तरीका ४ वटा निर्वाचन क्षेत्रबाट १०४ प्रतिनिधि सहभागी हुनेछन् भने सिरहाको ४ निर्वाचन क्षेत्रबाट १०५ प्रतिनिधि सहभागी हुनेछन् ।यस्तै धनुषाबाट पनि १०४ जनाको सहभागिता रहने भएको छ भने महोत्तरीबाट पनि १०४ जनाकै सहभागिता रहनेछ । यस्तै रौतहटबाट ८१, बाराबाट १०४ र पर्साबाट १०३ जना प्रतिनिधि चयन भएका छन् ।

सूची हेर्नुहोस्ः

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति