महाधिवेशनबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, २३ मंसिर ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बैठक बोलाइएको छ । भोलि सुरु हुने पार्टीको १४औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।उनकाअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई बोलाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति