राप्रपाको पहिलो बैठक : हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा बोक्नेहरूसँग वार्ता समिति गठन

काठमाडौं, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचार राख्ने व्यक्ति, समूह, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि वार्ता समिति गठन गरेको छ ।

राप्रपाको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष सदस्य रहेको वार्ता समिति गठन गरेको हो ।बैठकले आगामी स्थानीय तहको निर्वाचन परिचालनका लागि महामन्त्री भुवन पाठकको संयोजकत्वमा भक्तिप्रसाद सिटौला, रमानन्द न्यौपाने, भरतजंग उप्रेती र प्रा. डा. गीताभक्त जोशी सदस्य सचिव रहेको समिति गठन गरेको छ ।नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको मर्यादाक्रम निर्धारण गर्न उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा केन्द्रीय सदस्य डा। राजेश गिरी र केन्द्रीय सदस्य भरत पाठक सदस्य रहेको मर्यादाक्रम निर्धारण समिति पनि गठन गरेको महामन्त्री धवलशम्शेर राणाले जानकारी दिए ।यस्तै पार्टीका नवनिर्वाचित सबै पदाधिकारी एवं सदस्यहरूले पार्टीमा अनिवार्य बुझाउनु पर्ने रकम ‍लेवीको निर्धारण गर्न महामन्त्री कुन्तीकुमारी शाही संयोजक रहेको समिति गठन गरेको छ ।

राप्रपाले पार्टीका सबै भातृ संगठनहरूलाई तीन महिना भित्रमा अनिवार्य महाधिवेशन गर्ने कार्ययोजना र कार्यतालिका १५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ । त्यस्तै पुस महिनाभित्र सबै प्रदेश कार्यसमितिहरुलाई विस्तारित बैठक बोलाउन समेत राप्रपाले निर्देशन दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति