कोरोनाविरुद्धको खोप २४ घण्टामै २ लाख ८३ हजार जनाले लगाए, २ सय ८० सङ्क्रमित थपिए

काठमाडौं, २२ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा दुई लाख ८३ हजार जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सरकारले यही हप्ता दैनिक दुई लाख जनालाई खोप लगाउने योजना सार्वजनिक गरेको थियो ।

२४ घण्टामा दई लाख ८३ हजार एक सय ३२ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।नेपालमा अहिलेसम्म ८८ लाख ६९ हजार ६७ जनाले पूर्ण मात्रा र एक करोड ६ लाख ९९ हजार जनाभन्दा धेरैले कम्तीमा एक मात्रा खोप लगाएका छन् । अहिलेसम्म कुल एक करोड ९५ लाख ६८ हजार तीन सय मात्रा खोप लगाइएको मन्त्रालयले जनाएको छ ।सरकारले आउँदो चैतभित्र खोप योग्य सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिइसक्ने योजना बनाएर खोप आयात र लगाउने काम गरिरहेको छ । बालबालिकाका लागि पनि फाइजर र मोर्डना कम्पनीको खोप आयात अन्तिम चरणमा पुगेको छ ।

अहिलेसम्म नेपालमा दुई करोड ७३ लाख ५६ हजार पाँच सय ३० मात्रा खोप आइसकेको छ । तीन करोड ५० लाख खोप आउने क्रममा छ ।यसैबीच पछिल्लो २४ घण्टामा दुई सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार एक सय ७४ जनाको नमुना परीक्षण गर्दा दुई दशमलव २९ प्रतिशत अर्थात् दुई सय ८० जनामा सङ्क्रमण देखिएको हो ।यस्तै थप तीन सय ६६ जनासहित सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख पाँच हजार पाँच सय ७१ पुगेको छ । अहिले नेपालमा ६ हजार दुई सय ३९ जना सक्रिय सङ्क्रमित रहेका छन् । यही अवधिमा दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ४५ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति