६ दलीय गठबन्धनले मंसिर २८ गते संसद भवन घेराउ गर्ने

काठमाडौं, २२ मंसिर । दुई मोर्चा संगठन र ६ दलीय गठबन्धनले मंसिर २८ गते संसद भवन घेराउ गर्ने निर्णय गरेको छ । बुधबार राजधानीमा बसेको गठबन्धनको बैठकले एमसीसीको विरोधमा मंसिर २८ गते संसद भवन घेराउ गर्ने निर्णय भएको नेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिए ।

उनका अनुसार मंसिर २७ गते नेपालस्थित एमसीएको कार्यालय घेराउ गर्ने निर्णय भएको छ भने २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । थप कार्यक्रम आवश्यकता अनुसार तय गरेर आन्दोलनलाई जारी राखिने निर्णय समेत भएको गजुरेलले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद अधिवेशन आह्वान गरेकी थिइन् । सो अनुसार संघीय संसदको दुबै सदनको बैठक मंसिर २८ गते मंगलबार दिउँसो २ बजे बस्ने तय भएको छ । सो बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव जानसक्ने चर्चाका बीच ६ दलीय मोर्चा तातेको हो । छ दलीय मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी० माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका दल तथा मोर्चा संगठन रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति