संस्थापन पक्षबाट जितेका दुई जिल्ला सभापति पौडेल पक्षको बैठकमा

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा संस्थापन पक्षबाट जितेका दुई जिल्ला सभापति रामचन्द्र पौडेल पक्षमा खुलेका छन् ।पौडेल पक्षले बुधवार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा राखेको भेलामा संस्थापन पक्षको समर्थनबाट जितेका दुई जिल्ला सभापति सहभागी भएर कित्ता फेरेका हुन् ।

यसरी पौडेल पक्षमा खुल्नेमा ललितपुरका जितेन्द्र श्रेष्ठ र तनहुका जितप्रकाश आले छन् । श्रेष्ठलाई प्रकाशमान सिंहको पनि समर्थन थियो । यद्यपी ललितपुरमा संस्थापन पक्षकै दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।उता तनहुँमा भने पौडेल निकट उम्मेदवार बैकुण्ठ न्यौपानेलाई पराजित गरेका जितप्रकाश आलेलाई देउवा पक्षका शंकर भण्डारी,गोविन्द भट्टराई लगायतको समर्थन थियो ।

आले यसअघि पौडेल पक्षमा रहे पनि महाधिवेशनबाट सभापति बन्ने बेला संस्थापन पक्षको उम्मेदवार बनेका थिए ।ललितपुरको सभापति निर्वाचनमा शुरुमा मीनकृष्ण महर्जन,जितेन्द्र श्रेष्ठ र रामकृष्ण चित्रकारबीच प्रतिस्पर्धा भएको थियो ।दोस्रो चरणमा संस्थापन पक्षका मीनकृष्णले श्रेष्ठलाई साथ दिएका थिए भने देउवा निकट नेताहरु उदय शमसेर जबरा र तरुण दलका अध्यक्ष जितजंग बस्नेतको समर्थन पनि श्रेष्ठलाई थियो ।आफूहरुको समर्थनमा चुनाव जितेर कित्ता परिवर्तन गरेको भन्दै संस्थापन पक्षका कार्यकर्ताले श्रेष्ठको आलोचना गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति