सिटौलालाई रामचन्द्रको प्रस्ताव– मिलेर जाउँ, नेतृत्व परिवर्तन गरौं

काठमाडौं, २२ मंसिर । संस्थापनइतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न प्रयास भइरहेका बेला कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलासँग छलफल गरेका छन् । सिटौलाको निवासमा पुगेका पौडेलले कांग्रेसका नेतृत्व परिवर्तनका लागि मिलेर जाने प्रस्ताव राखेको बताइएको छ ।

छोटो भेटमा सिटौलाले आफू छलफलमै रहेको भन्दै पौडेलको प्रस्तावमाथि थप जवाफ नदिएको एक नेताले बताए । दुवै पक्षले भेटलाई गोप्य राख्न खोजेका छन् । पछिल्लो समय प्रदेश र जिल्ला अधिवेशनमा देउवा र सिटौला पक्षबीच गठबन्धन भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति