काठमाडौँ, २२ मंसिर । नेपाली काँग्रेस १४ औं महाधिवेशनको अन्तिम तयारीमा छ । भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गरेको काँग्रेसले मंसिर २० सम्म प्रदेश अधिवेशन पनि सम्पन्न गरेको छ । प्रदेश २ को प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने गरी स्थगित गरिएको छ । प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेतृत्व चयन भएको छ ।
काँग्रेसले काठमाडौंको भृकुटीमण्डपमा यही मंसिर २४ गतेदेखि २७ गतेसम्म महाधिवेशन गर्दैछ । महाधिवेशनका मतदाता (महाधिवेशन प्रतिनिधि)को इन्ट्री भने २१ गतेबाटै सुरु भएको काँग्रेस निर्वाचन समितिले जनाएको छ । अहिलेसम्म काँग्रेसले ४ हजार ३१९ महाधिवेशन प्रतिनिधिको जनाको नाम इन्ट्री गरेको छ ।
आज (बुधबार) बिहान कांग्रेसले आफ्नो वेबसाइटमार्फत महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो।यसमा अधिवेशन गर्न बाँकी स्थानका नामावली नसमेटिएकाले यसलाई प्रारम्भिक महाधिवेशन प्रतिनिधिको नामावली भनिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।यसमा सर्लाहीबाट छनोट हुने महाधिवेशन प्रतिनिधिको नाम भने समेटिएको छैन।
प्रतिक्रिया