प्रदेश १ र २ मा भोलिसम्म हल्का वर्षाको सम्भावना : यस्तो छ तीन दिनको मौसमी विवरण

काठमाडौँ, २२ मंसिर । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाकाअनुसार आज (बुधबार) बिहान देशका पहाडी भूभागमा आंशिक बदली भइरहेको छ । दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति प्रदेश १ र २ मा आंशिकदेखि सामान्य बदली रहनेछ । भोलि बिहीबार दिउँसो प्रदेश १ मा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भूभागमा पनि बदली रहनेछ । बिहीबार राति प्रदेश १ /२ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ‘देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

 २०७८ मंसिर २२ गते (बुधबार)

दिउँसो : प्रदेश नं १ को भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भु-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

रातीः प्रदेश नं १ र प्रदेश नं २ का भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७८ मंसिर २३ गते (विहीबार)

दिउँसो : प्रदेश नं १ को  भू-भागमा आंशिक देखि सामान्य बदली,  बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भु-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

रातीः : प्रदेश नं १ र प्रदेश नं २ को भू-भागमा आंशिक देखि सामान्य बदली,  बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र प्रदेश नं २  का भु-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

२०७८ मंसिर २४ गते (शुक्रबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति