प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन मद्दत माग्दै ओलीलाई शम्भु थापाले भनेः हामीलाई तपाईकै आशा छ

काठमाडौं, २१ मंसिर ।  वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्वअध्यक्ष शम्भु थापाले विगतका कतिपय मुद्दा बिर्सेर आफूहरूलाई सघाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै विरोधमा रहेको नेपाल बार एसोसिएसनको प्रतिनिधिमण्डलसँगै गएका थापाले जनतालाई सम्प्रभु सत्ता सम्पन्न बनाउन ओलीले लामो जेल जीवन बिताएको स्मरण गर्दै सहयोगको याचना गरेका हुन्। थापाले भने, ‘तपाईंले लडाइँ लडेर जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउनुभयो। विगतमा कतिपय मुद्दामा संवैधानिक दृष्टिले ब्याख्या, विश्लेषण गर्ने सन्दर्भमा फरक भयौं होला। तर, भ्रष्टाचारको विषयमा हामी तपाईसँग सधैं छौं। तपाईंले सहयोग गर्नुस्, विगतको हिसाबले पनि हामीलाई तपाईबाटै आशा छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति