काठमाडौबाट मोटरसाइकल चोर्ने गिरोहका ७ जना पक्राउ

काठमाडौं, २१ मंसिर । ट्राफिक प्रहरीले काठमाडौ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर विक्री वितरण गर्ने गिरोहका ७ जनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार रामशाहपथस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न गिरोहका ७ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

महाशाखाले रौतहट चन्द्रनिगाहापुर ९ सन्तपुर घर भइ हाल कीर्तिपुर बस्दै आएका १९ वर्षीय नरकुमार पुडासैनीलाई गत वर्षको माघमा बानेश्वरबाट हराएको प्र३–०२–०१३ प ३६६० नम्बरको २२० सिसिको पल्सर मोटरसाइकलको नम्बर परिबर्तन गरि चलाइरहेको अवस्थामा पशुपति क्षेत्रबाट पक्राउ गरेको हो ।थप अनुसन्धानको क्रममा न्युरोडबाट जुम्ला सिंङ्जा गा.पा.६ हाल किर्तिपुर वस्ने वर्ष २० को पुन्दलाल बुढालाई मोटरसाइकलसहित पक्राउ गरेको हो ।

मंसिर ८ गते बत्तिसपुतलीबाट हराएको बा.प्र.०२-०२२प ६५१८ नम्बरलाई परिवर्तन गरी बा.प्र.०२-०२५प १३९१ प्रयोग गरेको अवस्थामा यामाहाको मोटरसाइकलसहित बुढा पक्राउ परेका हुन्।यस्तै किर्तिपुरबाट काठमाडौंका २२ वर्षीय सन्तोष महर्जनसहित रौतहट गुजरा न।पा। २ घर भइ हाल सानोभर्याङ बस्ने ३४ वर्षीय ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा नगरपालिका-३ घर भइ हाल बानेश्वर बस्दै आएका ३२ वर्षीय रवि कुमार कुशवाहा, उदयपुर घर भइ हाल किर्तिपुर बस्दै आएका कमल बहादुर बस्नेत र बारा गढिमाई घर भइ कीर्तिपुर बस्दै २२ वर्षीय रन्जित प्रसाद गुप्तालाई पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

पक्राउ परेका चौधरी यस भन्दा अघि पनि मोटरसाइकल चोरीमा कारबाही भोगेका व्यक्ति हुन् । रौतहटका चौधरी र कुशवाहा मोटरसाइकल चोरी गिरोहका मुख्य व्यक्ति रहेको समेत अनुसन्धानबाट देखिएको एसएसपी भट्टराईले जानकारी दिए ।

यस्तै किर्तिपुरबाट पक्राउ परेका रंजित प्रसाद गुप्ताले चोरी गरि ल्याएका मोटरसाइकलहरुलाई ग्यारेजमा सुरक्षित राख्ने, सामानहरु डिस्मेण्टल गर्ने र फेरबदल गर्ने गरेको समेत देखिएको भट्टराइको भनाइ छ ।

यस्तै किर्तिपुरबाट पक्राउ परेका रंजित प्रसाद गुप्ताले चोरी गरि ल्याएका मोटरसाइकलहरुलाई ग्यारेजमा सुरक्षित राख्ने, सामानहरु डिस्मेण्टल गर्ने र फेरबदल गर्ने गरेको समेत देखिएको भट्टराइको भनाइ छ । गुप्ता किर्तिपुरमा रहेको रंजित मोटरसाइकल वर्कसपका सञ्चालक समेत रहेको खुल्न आएको महाशाखाले जनाएको छ ।

पक्राउ परेका गुप्ता र सन्तोष महर्जनले ग्राहकहरु खोज्ने र सस्तो मुल्यमा मोटरसाइकलहरु किनवेच गर्ने मुख्य भूमिका समेत खेल्ने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले बताएको छ ।

बरामद गरेका ७ थान मोटरसाइकलमध्ये एउटा यामाहाको च्ज्ञछ र अन्य ६ ओटा २२० सीसीको पल्सर मोटरसाइकल रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै गरी ईन्जिन तथा विभिन्न भागहरू काटेर टुक्रा पारेको अवस्थामा यही असोजमा ताहाचलबाट हराएको बा(प्र(०२(०१९प ९४९८ नम्बरको २२० सिसि पल्सर मोटरसाइकल समेत बरामद गरेको महाशाखले जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरुहरुलाई आवश्यक कारवाहीको लागि विभिन्न महानगरीय प्रहरी वृत्तहरूमा पठाइएको महाशाखाले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति