सभापति पदमा उठ्ने तयारी गरिरहेका प्रकाशमान सिंहले खोले सम्पर्क कार्यालय

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन्।

आज बिहान एक कार्यक्रम गर्दै उनले सम्पर्क कार्यालय सुरूवात गरेका छन्।सिंहदरबारअगाडि यलम्बर पार्टी प्यालेस भाडामा लिएर उनले सम्पर्क कार्यालय खोलेका हुन्।यही कार्यालयबाट अब सिंहले नेता तथा कार्यकर्तालाई भेटघाट गर्ने उनको सचिवालयले जनाएको छ।सिंहले सभापति पदमा आफू नेचुरल उम्मेदवार भएको बताइरहेका छन्।

‘मैले आज सम्पर्क कार्यालय खोलेँ, यसबाट तपाईंहरूले बुझ्नुपर्छ मेरो तयारी के छ,’ सिंहले भने, ‘सहमतिबाटै हाम्रो पक्षबाट एक जना मात्रै उम्मेदवार तय गर्न आज पनि चाक्सीबारीमा दिउँसो १ बजे बैठक छ।’सिंहले सम्पर्क कार्यालय खोल्दा केन्द्रीय सदस्य राजन केसी, काठमाडौं कांग्रेस सभापति कृष्णसबुज बानियाँ र ललितपुर सभापति जितेन्द्र श्रेष्ठ, काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गीलगायत उपस्थित थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति