बैतडी जिप दुर्घटना अपडेट : मृतक संख्या चार पुग्यो, एकको अवस्था गम्भीर

धनगढी, २० मंसिर। बैतडीमा भएको जीप दुर्घटना परेर गम्भीर घाइते भएका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्का अनुसार सुर्नया गाउँपालिका-१ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा बिक, पाटन नगरपालिका-१ का १३ वर्षीय बिनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराईको मृत्यु भएको हो ।

गम्भीर घाइते उनीहरूको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ केन्द्रमा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए। घाइतेमध्ये अन्य ५ जनाको पाटन र गम्भीर घाइते एक जनालाई डडेल्धुरा रेफर गरिएको छ। सोमबार साँझ पाटन बजारबाट सोही नगरपालिका-१ को सकारतर्फ गइरहेको से १ ज ८८८ नम्बरको जीप दुर्घटनामा परेको थियो। जीपमा चालकसहित ११ जना सवार थिए। तर जीप चालक भने फरार छन्। जीप सडकबाट करीब एक सय मिटर तल खसेको छ भने दुर्घटनाको कारण भने खुलेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति