संसदीय सुनुवाइ समितिबाट भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन


काठमाडौँ , २० मंसिर ।  संसदीय सुनुवाइ समितिबाट भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन भएको छ ।सोमबार संसदीय सुनुवाइ समितिमा सांसदहरुको प्रश्नको जवाफ दिएपछि भारतका लागि प्रस्तावित राजदूत डा। शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री, बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको नाम सर्वसम्मतले अनुमोदन भएको हो । गत कात्तिक ११ गतेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको थियो । उनीहरुको नाम संसदीय समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति