तीन देशमा प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु

काठमाडौँ, २० मंसिर । तीन देशमा प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु भएको छ । सोमबार भारतका लागि प्रस्तावित राजदूत शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको हो ।

पहिलो सुनुवाइ बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको सुनुवाइ हुँदैछ ।सुनुवाइका क्रममा कांग्रेस सचेतक पुष्पा भुसालले सुनुवाइ समितिले गम्भीरता लिन जरूरी भएको बताइन् । उनले भनिन्, उजुरी लिनुभन्दा पहिले नै समावेशिताको प्रश्न उठ्नुपर्ने हो । तर प्रक्रियामा अघि बढिसकेपछि बोल्नु अलि उपयुक्त हुँदैन ।

उजुरीको सूचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्न सकिन्थ्यो । आगामी दिनमा गम्भीरतापूर्वक हेर्नुपर्छ । आज सुनुवाइको कार्यक्रम अगाडि बढाउ ।एमालेका सुमनराज प्याकुरेलले समावेशिताको विषय उठाएका थिए । उनले राजदूत नियक्ति समावेशी नभएको भन्दै समितिको ध्यानाकर्षण गराएका थिए । समावेशिताको प्रश्न गम्भीर उठ्यो, के कसो सरकारसँग जानकारी मागौं । अर्को बैठक बसेर सुनुवाइ अगाडि बढाउन भनेका थिए ।जवाफमा कांग्रेसकी सचेतक पुष्पा भुसालले पहिले नै उठाउनुपर्ने विषय अन्तिम समयमा सुनुवाइमा उठाउनु उपयुक्त नहुने भन्दै जवाफ दिइन् ।

समितिका सभापति लक्ष्मणलाल कर्णले भने अहिलेसम्म कुनै कानुन नबनेको बताए । उनले भने, कानुन बमोजिम मात्रै भनेको छ । अब आउनेमा समावेशी गर्ने हो । यसको जवाफ आएन । विगतका सरकारमा यो विषय अहिले थाति राखेर निर्णय प्रक्रियामा जान्छौं । बाँकी कुरा कानुन बमोजिम हुनेछ ।ु समावेशी विषयमा हामी आफूहरु नै चिन्तित भएको बताए । धेरैपल्ट सरकारलाई निर्देशन गरिसकेको पनि उनले बताए । उनले भने, सरकारले के गर्ने हो थाहा छैन । यसको हामी सुनुवाइ गरेर निर्णय गरौं । फेरि गम्भीर रूपमा छलफल गरौं । यता प्रमुख विपक्षी नेकपा एमालेले प्रस्तावित तीन राजदूतको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक रोक्न माग गरेको छ ।

उजुरीकर्ता उज्वल कृष्ण श्रेष्ठले यसअघिको बैठकमा यो विषय छलफल भएको बताए ।मंसिर ५ गते सांसदहरू अनुपस्थित भएर संसदीय सुनुवाइ समितिमा कोरम नपुग्दा प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रभावित भएको थियो । गत कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले तीनजनालाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति