काँग्रेस अधिवेशन– बागमतीमा सकियो मतदान, २०२६ मत खस्यो

मकवानपुर, १९ मंसिर । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिका लागि भएको दोस्रो चरणको मतदान कार्य सम्पन्न भएको छ । हेटौँडामा आइतबार साढे १ बजेबाट सुरु भएको मतदान साझ साढे पाँच बजे सम्पन्न भएको हो । बागमती प्रदेशमा २०२६ मत खसेको छ ।

शनिबार भएको मतदानमा तीन जनाबीच प्रतिस्पर्धा हुँदा पनि कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी कटाउन नसकेपछि पुनः मतदान भएको थियो ।

पहिला चरणमा सभापति शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसी र कृष्णप्रसाद सिटौला समूह बाट भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति