कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनमा मतदान सम्पन्न

काठमाडौं, १८ मंसिर ।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कैलालीको धनगढीमा जारी सुदूरपश्चिम प्रदेश अधिवेशनमा मतदान सम्पन्न भएको छ।सुदूरपश्चिम प्रदेश अधिवेशनमा १ हजार २६ मतदातामध्ये एक हजार ३ मत खसेको छ। मत गणना राती ९ बजेदेखि सुरु हुनेछ।

अधिवेशनले सभापतिसहित ८ जना पदाधिकारी चयन गर्नेछ। ८ पदाधिकारीमा १९ जनाको उम्मेदवारी परेको छ।यस्तै ४८ प्रदेश सदस्यका लागि १ सय ६० जनाले उम्मेदवारी दिएका छन्।

५९ सदस्यीय कार्यसमिति चयन हुने भए पनि तीन जना भने यसअघि नै निर्विरोध चयन भइसकेको निर्वाचन समितिले जनाएको छ।सभापतिमा संस्थापनबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन्। इतर समूहबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति