बयलगाडावाला सिद्धान्तवाला अहिले पनि बयलगाडामै चढेर हिँडिराखेकै छन् : प्रचण्ड

काठमाडौं, १८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा प्रतिगमन र प्रतिक्रान्तिको खतरा टरिनसकेको बताएका छन्।

हिजोका दिनमा गणतन्त्र ल्याउन सम्भव छैन भन्ने नेताहरू अहिलेको परिवर्तन उल्ट्याउन लागिपरिरहेको उनले बताए। शनिबार चितवनको कृष्णनगरमा आयोजित अपांगता संगठन नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्रविरोधी भएको आरोप लगाएका हुन्। ‘हिजैदेखि नेपालमा गणतन्त्र आउने कुरा असम्भव छ भनेर बोल्ने नेताहरू अहिले पनि गणतन्त्र उल्ट्याउन लागिराखेकै छन्, उनले भने, ​बयलगाडावाला सिद्धान्तवाला अहिले पनि बयलगाडामै चढेर हिँडिराखेकै छन्। त्यस भको हुनाले हामी सबै सतर्क हुन जरुरी छ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीको नाम नलिए पनि बयलगाडा भनेर उनैलाई भनेका हुन्।

जनआन्दोलनका बेला ओलीले बयलगाडा चढेर अमेरिका पुगिँदैन भनेर दिएको अभिव्यक्ति निकै चर्चामा छ। गत वर्ष संविधान मिच्ने, कुल्चिने प्रवृत्ति र तत्त्वविरुद्ध देशव्यापी आन्दोलन गरिएको र विजयी भएको उल्लेख गर्दै प्रचण्डले यो अन्तिम विजय भने नभएको बताए। ‘अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ भइसक्या छैन’, उनले भने, ‘त्यसैले हामी सबै चनाखो बस्नुपर्ने, हामी सबै सचेत हुनुपर्ने, हामी सबै आन्दोलित भइराख्नुपर्ने हामीले खबरदारी गरिराख्नुपर्ने आवश्यकता छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति