रिल्याक्स नगर्नुहोला कलम तिखो राख्नुहोला : अध्यक्ष प्रचण्ड

काठमाडौं, १८ मंसिर ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रियावादी र प्रतिक्रान्ति शक्तिहरूले अझै पनि प्राप्त उपलब्धिहरूलाई उल्टाउने प्रयास गरिरहेको बताउँदै अहिले नै ‘रिल्याक्स’ गर्ने बेला नभएको बताएका छन् । चितवनमा आयोजित प्रेस सेन्टर नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘खतरा अझै टलिसकेको छैन । हामीले ब्याटल एक पटक त जित्यौँ । तर गठबन्धनलाई कमजोर बनाउन खोजिरहेका छन् । प्रेसमार्फत भ्रम छर्न खोजिरहेका छन् । हामी रिल्याक्स गर्ने ठाउँमा आइपुगेका छैनौँ । तपाईंहरु पनि रिल्याक्स नगर्नुहोला कलम तिखो राख्नुहोला ।’

गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको घटना तर्फ इङ्गित गर्दै त्यति बेला नै प्रतिगमनतिर जाने षडयन्त्र भएको दाबी गरे । ‘सबै राजनीतिक नेतृत्व सडकमा जानुपर्ने परिस्थिति भयो । तपाईंहरुले पनि जनमत निर्माण गर्न मद्दत गर्नुभयो । यसका लागि राजनीतिक नेतृत्वको तर्फबाट म धन्यवाद पनि दिन चाहन्छु ।’

विश्वभर पराजित शक्तिले पुनर्स्थापित हुनका षडयन्त्र गर्ने पाइएको बताउँदै अध्यक्ष प्रचण्डले नेपालमा पनि निरंकुश राजतन्त्र अन्त्य भएपछि यो कुरा देखिएको जिकिर गरे । उनले प्राप्त उपलब्धिहरुलाई प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरुको हमलाबाट बचाउन प्रेस सुदृढ हुन आवश्यक रहेको पनि बताए । ‘दिगभ्रमितहरुलाई जनचेतना दिने अनिवार्य शर्त हो ।

क्रान्ति र प्रतिक्रान्ति रोक्ने आफ्नो हिस्साको जिम्मेवारीलाई राम्रोसँग निभाउनुहोला,’ उनले भने, ‘हिजो जनयुद्धमा हतियारसँगै कलम पनि हिँड्थ्यो । तर, युद्धमा सेना र बन्दुक नै निर्णायक हुन्थ्यो । शान्तिमा आएपछि अबको लडाइँ विचारको क्षेत्रमा हो । अबको पहिलो मोर्चा भनेको कलम हो ।’ फरक प्रसङ्गमा नेकपा एमालेको महाधिवेशनप्रति इङ्गित गर्दै त्यहाँ विचित्रको ध्रुवीकरण देखिएको पनि उल्लेख गरे । ‘त्यहाँ एउटा मण्डेले र सामन्ती प्रवृत्ति देखियो भने त्यसलाई प्रतिरोध गर्ने प्रवृत्ति पनि देखियो’ उनको भनाइ थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति